२८ जेठ २०८३, बिहीबार
एमाले विभाजन

एमाले (समाजवादी) दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे माधव नेपाल

एमाले (समाजवादी) दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे माधव नेपाल

नयाँ दल दर्ताका लागि निवेदन लिएर माधव नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

एमाले केन्द्रीय कमिटीका ६६ जनाको हस्ताक्षरसहित दल दर्ताको निवेदन दिन नेपाल सहितका नेताहरू अपराह्न ४ः२७ मा निर्वाचन आयोग पुगेका हुन् ।

माधव नेपालका अलावा राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायत नेताहरू पनि आयोग पुगेका छन् ।

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि माधव नेपाल पक्षले नयाँ दल दर्ता गर्न लागेको हो । 

माधव नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गर्ने निर्णय उनीहरूले गरेका थिए । 

नयाँ दलको चुनाव चिह्न खुला किताब राखिएको छ । 

निवेदन दिए पनि आजै नयाँ दल दर्ता नहुने निर्वाचन आयोगले जनाएको छ । 

‘निवेदनमाथि छानबिन र सदस्यहरू सनाखत गर्नुपर्ने भएकोले आजै दर्ता हुँदैन, निवेदन मात्र दर्ता हुने हो,’ आयोग स्रोतले भन्यो ।   

salt training

कमेन्ट गर्नुहोस्