०८ साउन २०८३, शुक्रबार

माधव नेपालको पार्टी देउवा सरकारमा सहभागी हुने

माधव नेपालको पार्टी देउवा सरकारमा सहभागी हुने

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एमाले (समाजवादी) पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । 

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीले दर्ता प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताएको हो । 

एमाले समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताए । ‘दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ,’ पत्रकारहरूको प्रश्नमा नेता पाण्डेले भने । 

माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन् । ‘यसअघि सरकारमा सहभागिता हुने नहुनेमा अन्योल थियो, नयाँ दल बनेपछि हामी सरकारमा सहभागी हुन्छौँ,’ अर्का एक सांसदले भने । 

नेता पाण्डेले संघीय संसद्का ३१ जना सदस्य आफूहरूसँग रहेको दाबी गरे । माधव नेपाल पक्षका २२ जना सदस्यले साउन ३ गते प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्