०८ असार २०८३, सोमबार

आयशालाई एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य

आयशालाई एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य

आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छन् ।

विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् ।

आयशाले कास्य पदक जितेको स्पर्धामा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७।८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत पदक हासिल गरिन् ।

चाइनिज ताइपेइकी चेन ९७.३४ र नेपालकी आयशा ९७.१९ ले कास्य पदक हासिल गरेका हुन् । अन्तिम चरणमा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कास्य जित्न सफल भएकी हुन् ।

नेपालबाट यसै प्रतियोगितामा शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमालले, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सिना मादेन , स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, ईश्वर सेढाइ र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्