२९ असार २०८३, सोमबार

राजीनामाको पर्खाइमा प्रदेश प्रमुख कार्यालय, आजै नयाँ मुख्यमन्त्री नियुक्तिको सम्भावना

राजीनामाको पर्खाइमा प्रदेश प्रमुख कार्यालय, आजै नयाँ मुख्यमन्त्री नियुक्तिको सम्भावना

नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी गठन गरेपछि बागमती प्रदेशमा हलचल उत्पन्न भएको छ ।
पार्टी एकता जोगाउन तथा सत्ता टिकाइराख्न संस्थापन पक्षले नयाँ मुख्यमन्त्रीको रुपमा यसअघि माधव कुमार नेपाल पक्ष भनेर चिनिने अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।

सोही अनुसार बुधबार संसदीय दलको बैठक राखेर शाक्यलाई एमाले संसदीय दलको नेता चयन गरिएको छ भने मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामाको तयारी गरेका छन् ।

यद्यपि राति ८ बजेसम्म उनको राजीनामा आएको छैन । बागमती प्रदेश प्रमुखको सचिवालयका सचिव नारायणप्रसाद भट्टले आफूहरु तयारी अवस्थामा कार्यालयमै रहेको तर मुख्यमन्त्रीको राजीनामा नआएको लोकान्तरलाई बताए । ‘हामी तयारी अवस्थामा छौँ, राजीनामा आएको छैन । नयाँ प्रक्रियाका लागि एमालेबाट पत्र आएपछि हाम्रो काम हामी सुरु गर्छौँ ।’ उनले भने ।

उनका अनुसार शाक्यलाई मुख्यमन्त्री बनाउनेबारेको जानकारी भने आएको छ । सोही अनुसार प्रदेशबाहिर रहेका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँ साँझ पौने ७ बजे हेटौडा आएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्