३१ जेठ २०८३, आइतबार

स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

भदौ २, २०७८
स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक पदकधारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

नेपालमा सम्पन्न आठौँ सागमा कराँतेका स्वर्ण पदक जितेका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।

राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्