११ साउन २०८३, सोमबार

पार्टीको नेतृत्व गरेका कमरेडले नयाँ पार्टी खोल्नु दुःखद : शंकर पोखरेल

पार्टीको नेतृत्व गरेका कमरेडले नयाँ पार्टी खोल्नु दुःखद : शंकर पोखरेल

नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेलले झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु दुःखद रहेको बताएका छन् ।

बिहीवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै पोखरेलले कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अगाडि बढ्न पार्टी प्रतिबद्ध रहेको बताए ।

नेता पोखरेलले लेखेका छन्, ‘झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छाडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षड्यन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टीपंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ, सबै प्रकारका षड्यन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रूपमा स्थापित बनाऊँ ।’

salt training

कमेन्ट गर्नुहोस्