२३ जेठ २०८३, शनिबार

मनसुन सक्रिय भएर अझै ३ दिन वर्षा हुने

भदौ ३, २०७८
मनसुन सक्रिय भएर अझै ३ दिन वर्षा हुने
प्रतिकात्मक तस्वीर

मनसुनी वायुको प्रभावले अझै ३ दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर–पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै ३ दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताए ।

उनँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि  सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसोे देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूपश्चिम प्रदेशका १/२ स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव १ डिग्री र अधिकतम तापक्रम २८ दशमलव २ डिग्री सेल्सियस रहनेछ । बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्