०८ असार २०८३, सोमबार

रिसोर्ट जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

भदौ ३, २०७८
रिसोर्ट जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा
फाइल फोटो

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । 

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए ।

‘८ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै ४ जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौं,’ उनले भने । 

१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन् । थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दूरी साढे २ किलोमिटर छ । गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै ४ महिना बन्द रह्यो ।

काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ । 

मन्दिरको अलावा तीन तले भ्यू टावर समेत बनाइएको छ । चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि ७०० लिइँदै आएको छ । चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्