२८ जेठ २०८३, बिहीबार

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारलाई आग्रह

भदौ ३, २०७८
गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारलाई आग्रह

गैरआवासीय नेपाली संघ यूकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । 

सोमवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मंगलवार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।

गोर्खा विभाग प्रमुख समेत रहेका गैरआवासीय यूकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया पनि सुरु गरिसकेको भन्ने मन्त्रिपरिषद्को १६ अगस्टको निर्णयलाई हामीले सकारात्मकरूपमा लिएका छौं । हामी नेपाल सरकारलाई ठोस योजनासहित यो समस्याको दीर्घकालीन समधानका लागि तत्काल पहल गर्न अपिल गर्दछौं ।’

एनआरएनए यूकेले ३ महिनाअघि बेलायतस्थित ब्रिटिश गोर्खा सैनिक सम्बद्ध विभिन्न ५ संस्थाको सहभागितामा नेपाल सरकारलाई प्राविधिक समितिको सिफारिस कार्यान्वयनका लागि वार्ता टोली गठनको माग गर्दै पत्र पठाएको थियो । सोही समयमा बेलायती प्रधानमन्त्रीलाई पनि पत्र पठाइएको थियो । बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयले ११ मे २०२१ मा जवाफ पठाएको पनि थियो ।

salt training

कमेन्ट गर्नुहोस्