०८ साउन २०८३, शुक्रबार

गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा, कृष्ण जन्माष्टमीको दिन पनि देशभर सार्वजनिक विदा

गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा, कृष्ण जन्माष्टमीको दिन पनि देशभर सार्वजनिक विदा

आजको मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसअघि गाई जात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएको थियो । 

त्यसैगरी, यस वर्ष भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 

त्यसैगरी, मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । 

त्यसैगरी, काठमाडौं तराई मधेश द्रुत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।  

आजको मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्