०६ साउन २०८३, बुधबार

अर्थ मन्त्रालयमा सहसचिव हेरफेर : आन्तरिक राजश्वको महानिर्देशकमा पौडेल, भन्सारमा सापकोटा र बजेट महाशाखामा बराल

अर्थ मन्त्रालयमा सहसचिव हेरफेर : आन्तरिक राजश्वको महानिर्देशकमा पौडेल, भन्सारमा सापकोटा र बजेट महाशाखामा बराल

अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

केही दिन अघि मन्त्रालय सरुवा भएका सहसचिवत्रय शोभाकान्त पौडेल, भूपाल बराल र नारायण सापकोटालाई मन्त्रालय तथा अन्तर्गतका विभागीय जिम्मेवारी दिइएको हो ।

बुधवारको मन्त्री स्तरीय निर्णयबाट सहसचिव पौडेललाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा पठाइएको छ भने बराल मन्त्रालयकै बजेट महाशाखा प्रमुख बनेका छन् ।

यस्तै भन्सार विभागको महानिर्देशकमा नारायण सापकोटालाई जिम्मेवारी दिइएको छ ।

यसअघि आन्तरिक राजश्व विभागमा झक्क प्रसाद आचार्य,  बजेट महाशाखामा सुमन शर्मा र भन्सार विभागमा यमलाल भुसाल रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्