
मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा भदौ २५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रधान सेनापति नियुक्ति गर्नका लागि महारथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो ।
‘मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ’, सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने प्रावधान छ ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश हुन एक महिना अगाडि नै विदामा बसिसकेका छन् । उनी साउन २५ गतेबाट विदामा बसेका हुन् ।