
सरकारले बागमती प्रदेशको प्रमुख विष्णु प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
भदौ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले विष्णु प्रसाईलाई बागमती प्रदेशको प्रमुख नियुक्त गरेको थियो । प्रसाई झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
सरकारले नियुक्ति सिफारिस गरेको प्रसाई भने एमाले (समाजवादी)मा अध्यक्ष माधव नेपाल निकट हुन् । माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा उनको स्वकीय सचिव रहेको थिए ।
उनलाई राजदूत बनाउन नेपालले गरेको आग्रह त्यतिबेला केपी शर्मा ओलीले बेवास्ता गरेको थिए ।
माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएसँगै सरकारी नियुक्तिमा भाग पाएका छन् ।
आज विहान मात्रै माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । सोही भेटमा शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त गर्ने सहमति बनेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
बागमती प्रदेशमा हिजो मात्रै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री रहेका डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ ।