२७ जेठ २०८३, बुधबार

एमाले विभाजन गराइछाड्न सभामुखको दोहोरो मापदण्ड देखियो– एमाले

एमाले विभाजन गराइछाड्न सभामुखको दोहोरो मापदण्ड देखियो– एमाले

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही रोकेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ ।

विगतमा भएका कारवाही बिर्सेर सभामुखले दोहोरो मापदण्ड देखाएको एमालेको आरोप छ । मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा निश्चित पार्टीको विभाजनमा सभामुख सहभागी हुनु दुःखको विषय भएको बताएका हुन् । 

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले सभामुखको दोहोरो मापदण्डप्रति एमालेको विरोध रहेको बताएका हुन् । 

‘सभामुखबाट निकट विगतमा भएका तत्काल कारवाही बिर्सेर एमाले विभाजन गराइछाड्ने दोहोरो मापदण्डप्रति एमालेको विरोध छ । निश्चित पार्टीको विभाजनमा सभामुख सहभागी हुनु अस्वीकार्य विषय हो,’ ज्ञवालीले भने ।  

एमालेले ९ केन्द्रीय सदस्यसहित १४ सांसदमाथि भदौ १ गते कारवाहीका लागि संसद् सचिवालयमा पत्र पठाए पनि सभामुख अग्नि सापकोटाले कारवाही अगाडि बढाएका छैनन् । 

कारवाही अगाडि बढाउन सभामुखको कार्यकक्षमा एमाले सांसदले धर्ना दिएका थिए । सभामुखलाई धम्की दिएको भन्दै सत्ता गठबन्धनले एमालेको भूमिकाप्रति आपत्ति जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्