३० असार २०८३, मंगलबार
एमालेको पत्रकार सम्मेलन

अध्यादेशप्रति ओलीको टिप्पणी– आफ्नै दलमा पहिरो जाने डरले सत्तापक्ष थर्कमान छ

अध्यादेशप्रति ओलीको टिप्पणी– आफ्नै दलमा पहिरो जाने डरले सत्तापक्ष थर्कमान छ
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश एमाले विभाजन गर्ने गलत नियतबाट आएको आरोप लगाएका छन् । 

अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसपटक राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुपर्ने कुनै बाध्यता नभएको दाबी गरेका हुन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मध्यरातमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुको उदेश्य एमाले विभाजन गर्नु रहेको आरोप लगाएका हुन् । 

‘दल विभाजनका लागि ४० प्रतिशत सांसद चाहिने कुरालाई ३५, ३०, २५ हुँदै २० मा झारियो । १० प्रतिशतमा पनि झर्ने थियो । धन्न उहाँहरूले माधव नेपालसँग जति जना सदस्य हुनुहुन्छ, त्यति भए पुग्छ भन्ने कुरा आयो,’ ओलीले भने, ‘माधव नेपालले पार्टी दर्ता गरेपछि निष्क्रिय हुन्छ भनेर लेखिएको भए हुने । उहाँहरू थर्कमान हुनुहुन्छ, कहीँ आफ्नो पार्टीमा पहिरो नजाओस् ।’

ओलीले आफूले अध्यादेश ल्याउँदा र अहिलेको परिस्थिति फरक भएको दाबी गरे । ‘कसैले सडकमा भेटिएकालाई समेत केन्द्रीय सदस्य बनाएर १५ सयको केन्द्रीय समिति बनायो भने कहिलै ४० प्रतिशत पुर्‍याउन सक्दैन । त्यस्तो बेला ४० प्रतिशत सदस्यले छुट्टै दल खोल्न पाउनुपर्छ भनेर मैले अध्यादेश ल्याएको थिएँ । त्यो कुनै दल विशेषलाई विभाजन गर्ने उद्देश्यले थिएन,’ ओलीले भने । 


 

salt training

कमेन्ट गर्नुहोस्