३० जेठ २०८३, शनिबार

विमानभित्रै सामसङ मोबाइलको ब्याट्री पड्किएर आगो लागेपछि ...

भदौ ९, २०७८
विमानभित्रै सामसङ मोबाइलको ब्याट्री पड्किएर आगो लागेपछि ...

सामसङ मोबाइलको ब्याट्री विष्फोट हुने समस्या पहिलेदेखिकै हो । त्यो अहिलेसम्म पनि जारी रहेको सोमवारको घटनाले पुष्टि गर्छ । 

सोमवार सिएटलमा अलास्का एयरलाइन्सको उडानभित्र सामसङ मोबाइलका कारण आगो लागेको छ । 

जसका कारण विमानमा चढेका यात्रुहरूलाई बाहिर निकाल्नु परेको थियो । 

सिएटल टाइम्सका अनुसार अमेरिकाको सिएटल-टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा अलास्का एयरलाइन्सको उडान ७५१ को क्याबिनमा आगो लागेको थियो । 

सो विमान न्यू ओर्लिन्सबाट सो सिएटल-टाकोमा विमानस्थलमा अवतरण गरेको थियो । 

सिएटल पोर्टकी प्रवक्ता पेरी कुपरले आगो लाग्नुको कारण सामसङ ग्यालेक्सी ए २१ भएको एक यात्रीले बताएको उल्लेख गरेकी छन् ।

‘फोन पहिचान गर्न नसकिने गरी जलेको थियो,’ उनले भनिन्, ‘सिएटल पुलिस अधिकारीहरूसँग यात्रुहरूले सो फोन सामसङ भएको बताएका थिए ।’

अलास्का एयरलाइन्सका प्रवक्ताले कर्मचारीहरूले फोनबाट धुवाँ आउनबाट रोक्न ब्याट्री कन्टेन्मेन्ट ब्यागसँगै आगो निभाउने उपकरण प्रयोग गरेका थिए । साथै इभ्याकुएसन स्लाइड पनि प्रयोग गरिएको थियो । 

मानवीय क्षति केही नभए पनि दुई यात्रुलाई भने एक स्थानीय अस्पतालमा उपचार गरिएको थियो । 

विमानमा १२८ यात्रु र ६ चालक दलका सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्