१९ असार २०८३, शुक्रबार
एमाले विभाजन

माधव नेपालको पक्षमा ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे हस्ताक्षर

माधव नेपालको पक्षमा ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे हस्ताक्षर

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा साविक एमालेका ५४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर सनाखतका लागि दिइएको समय बाँकी नै रहेकाले यो संख्या अन्तिम भने होइन ।

निर्वाचन आयोग स्रोतका अनुसार संघीय संसद्का सदस्यतर्फ भने २९ जनाले हस्ताक्षर गरेका छन् ।

एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्ने हुन्छ ।

हस्ताक्षरका लागि माधव नेपालसहितका नेताहरू चन्द्रागिरी रिसोर्टबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।

झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएको बताइएको छ भने प्रदीप नेपाल निर्वाचन आयोग पुगेरै हस्ताक्षर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्