
जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।
ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।
जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु-याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको हो ।