१४ असार २०८३, आइतबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

हाल नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार यस क्षेत्रमा थप बर्षा हुने संभावना रहेकाले डण्डा,कावाशोती,गिरिउवारी लगायत अन्य स-साना नदीहरुमा सतर्कता तह आसपासको बाढी आउन सक्ने देखिएको छ ।

विभागले सो नदी आसपासका तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै आज कोशी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने विभागले जनाएको छ ।

नारायणी र यसका सहायक नदीहरू त्रिशुली, बुढिगण्डकी, मर्स्याङ्दी र कालीगण्डकीमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्न सक्ने विभागको भनाइ छ ।

यस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको विभागको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्