१९ असार २०८३, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

विभिन्न मन्त्रालयका नियमित एजेण्डामा निर्णय लिन मन्त्रिपरिषद्को नियमित बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो साढे ३ बजेदेखि बैठक जारी छ ।

बैठकले केही नियुक्ति गर्ने सम्भावना छ । प्रदेश प्रमुखलाई बिदाइ र नियुक्तिको सम्भावना रहेको स्रोतले बतायो ।

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेका कारण विभिन्न मन्त्रालयका नियमित काम समेत प्रभावित भएका छन् । असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएर ४ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

झण्डै डेढ महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्