२२ असार २०८३, सोमबार

आर्मेनियाको संसदमा हंगामा, सांसदले हिर्काए एकअर्कालाई (भिडियो)

भदौ १०, २०७८
आर्मेनियाको संसदमा हंगामा, सांसदले हिर्काए एकअर्कालाई (भिडियो)

आर्मेनियाको संसदमा बुधवार ठूलो हंगामा भएको छ । 

सदनको सत्र चलिरहेको बेलामा सांसदहरूले एकअर्कालाई लात हानेको अनि विभिन्न वस्तु प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । 

सत्तारूढ दलका सांसदहरूले एक विपक्षी सांसदलाई नराम्ररी कुटपिट गरेपछि झगडा शुरू भएको हो । विपक्षी सांसदहरूले सत्तारूढ दल सिभिल पार्टीका सांसदमाथि बोतल प्रहार गरेका थिए । 

झैझगडा बढेपछि सभामुखले बैठक स्थगित गर्दै सुरक्षाकर्मीहरूलाई स्थिति नियन्त्रण गर्न लगाएका थिए । 

कैयौं सांसदलाई सुरक्षाकर्मीहरूले हटाएका थिए । 

एकजना सांसदको आँखामा चोट लागेपछि अस्पतालमा भर्ना गरिएको छ । 

पोहोर साल अजरबैजानसँगको युद्ध हारेपछि आर्मेनियामा तीव्र ध्रुवीकरण भएको छ । युद्ध हारेपछिको आमनिर्वाचनमा अनपेक्षित रूपमा प्रधानमन्त्री निकोल पाशिन्यान विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्