×

NMB BANK
NIC ASIA

जनवर्गीय संगठनमा १० बुँदे कार्यान्वयन गर्न एमालेले बनायो कार्यदल

भदौ १०, २०७८

NTC
Premier Steels

नेकपा एमालेले १० बुँदे सहमतिलाई जनवर्गीय संगठनमा कार्यान्वयन गर्न कार्यदल बनाएको छ ।

Muktinath Bank

बिहीवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति तत्काल कार्यान्वन्य गरेर अघि बढ्ने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनवर्गीय संगठनहरूमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 


Advertisment
Nabil box
Kumari

जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ गतेअघिको अवस्थाबाट क्रियाशील गराउने जिम्मेवारी कार्यदललाई दिइएको छ । 

Vianet communication

एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी सदस्य रहेका छन् ।

कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदलले सहजीकरण गर्ने ज्ञवालीले बताए ।

पार्टीका सबै तहमा १० बुँदे कार्यान्वयनका लागि एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको थियो ।

एमालेका केही केन्द्रीय सदस्य र कतिपय जनवर्गीय संगठनका नेतृत्वहरू नै एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि ती जनवर्गीय संगठनको नेतृत्व चयन गर्नेदेखि कमिटीलाई पूर्णता दिनेसम्मको कार्यादेश बिहीवार बनेको कार्यदललाई दिइएको छ । 

एमालेको बिहीवारको केन्द्र्रीय कमिटी बैठकले पार्टी फुटाएर अर्को पार्टीमा जाने नेता कार्यकर्ताको अभिलेख हटाउने निर्णय गरेपछि जनवर्गीय संगठनमा पद रिक्त हुने अवस्था आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x