इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारत निकै खराब स्थितिमा छ ।
जम्मा ७८ रनमा अलआउट भएको भारतले इंग्ल्यान्डका ब्याट्स्म्यानलाई आउट गर्न पनि हम्मेहम्मे परेको छ । समाचार तयार पार्दासम्म इंग्ल्यान्ड दुई विकेट गुमाएर १७१ रनको स्थितिमा छ ।
पहिलो दिन नै भारतले विकेट लिने मौका गुमाएको थियो । जसप्रीत बुमराहको बल हसीब हमीदको ब्याटको छेउमा लागेर स्लिपमा गएको थियो । तर त्यहाँ उभिएका रोहित शर्माले क्याच समात्न सकेनन् । क्याच अलिक गाह्रो भए पनि रोहितले छुटाएका हुन् ।
क्याच छुटेपछि कप्तान विराट कोहली रिसाएका थिए । विराट त्यतिखेर रोहितकै साइडमा फर्स्ट स्लिपमा थिए । रोहितले क्याच ड्रप गरेपछि विराटले उनलाई घुरेर हेरिरहे ।
पहिलो दिनको खेलमा इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले भारतीय ब्याटिङलाई तहसनहस बनाए । भारतका नौजना ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
Fifty for @HaseebHameed97! 🙌
Scorecard/Clips: https://t.co/UakxjzUrcE@IGCom | #ENGvIND pic.twitter.com/TPayy5RQKv— England Cricket (@englandcricket) August 25, 2021