०६ असार २०८३, शनिबार

वाईसीएलको राष्ट्रिय भेला भदौमा हुने

भदौ १०, २०७८
वाईसीएलको राष्ट्रिय भेला भदौमा हुने
फाइल फोटो

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय भेला भदौ १२ र १३ गते हुने भएको छ ।

वाईसीएलले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा भेला भर्चुअल माध्यमबाट हुन लागेको जानकारी अध्यक्ष रामप्रसाद सापकोटाले दिए ।

सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाईसीएल नेपालको राष्ट्रिय भेला सफल पारौं’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । 

भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत एजेण्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अध्यक्ष सापकोटाले भेलाबाट नयाँ नेतृत्व आउने र आफूले पुनः उम्मेदवारी नदिने पत्रकार सम्मेलनमा जानकारी दिए । भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्