०३ असार २०८३, बुधबार

पहिरोेले घर लगेपछि खुला चौरको बास

भदौ ११, २०७८
पहिरोेले घर लगेपछि खुला चौरको बास
प्रतिकात्मक तस्वीर

गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ ।

साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको १ घर पहिरोले पुरिदियो भने अर्काे घर जोखिममा परेको छ ।

५ जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताए । हालसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे ।

पहिरोका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत १ दर्जन घर जोखिममा परेका छन् ।

गाउँ माथिबाट खसेको पहिरोले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन विना नै जथाभावी सडक खन्नुले पहिरोको जोखिम बढेको स्थानीय भुवन केसीको भनाइ छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिरोको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ ।

नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन विना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिरोको जोखिम बढेको छ ।

जिल्लाका खलंगा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो हप्तादेखि यातायात सेवा अवरुद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्