२२ जेठ २०८३, शुक्रबार

कुश्माकी १ महिलाको कुवेतमा मृत्यु

भदौ ११, २०७८
कुश्माकी १ महिलाको कुवेतमा मृत्यु
प्रतिकात्मक तस्वीर

रोजगारीका लागि कुवेत पुगेकी १ महिलाको त्यहीँ मृत्यु भएको छ ।

कुश्मा नगरपालिका–११ गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।

परियारको २४ अगस्ट २०२१ अर्थात् मंगलवार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ ।

राहदानी नम्बर १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । ४२ वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।

दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रिया लगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्