३० जेठ २०८३, शनिबार

डुब्यो परासी बजार, ज्यान जोगाउन मानिस घरको छतमा [तस्वीरहरू]

भदौ ११, २०७८
डुब्यो परासी बजार, ज्यान जोगाउन मानिस घरको छतमा [तस्वीरहरू]

बिहीवार रातिदेखिको भीषण वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ । 

परासी नवलपरासीको सदरमुकाम हो । परासी सबै बजार जलमग्न भएको छ । धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानी ‘ओभर फ्लो’ हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बजारका २०० बढी घरहरू डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिका–१ को सहुवाटिकर, वडा नम्बर २ को मस्जिद टोल, हाटबजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र ६ को पोखरापाली टोल पूरै डुबेको छ । 

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बजारसहित सरकारी कार्यालयहरू पनि धेरै डुबानमा परेको बताए । 

‘हाम्रो प्रशासन कार्यालय पनि डुुबानमा परेको छ । प्रहरी कार्यालयदेखि धेरै सरकार कार्यालय पनि डुबेका छन् । बजार जलमग्न छ । पारी परिरहेको छ,’ मिश्रले लोकान्तरसँग भने । 

राहत तथा उद्धारमा सेना र प्रहरी खटिएको बताए । सबै क्षेत्र डुबान परेकाले बाढी र डुबानमा फसेकालाई उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्