![सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदका लागि कति ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/APF_MLWOBnnz4P.png)
सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना खोलेको छ ।
आज (शुक्रवार) देखि खुलेको भर्नामा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको हो ।
यस्तै प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा पनि भर्ना खोलिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।