२५ असार २०८३, बिहीबार

पूर्वी नवलपरासीको हुप्सेकोटमा पहिरोले एकै परिवारका तीन बेपत्ता

पूर्वी नवलपरासीको हुप्सेकोटमा पहिरोले एकै परिवारका तीन बेपत्ता
प्रतिनिधिमूकल तस्वीर।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । एक जना गम्भीर घाइते भएका छन् । 

चारघरेका हस्तबहादुर पुलामीको घरमा माथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षिया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले लोकान्तरलाई जानकारी दिइन् । पहिरोले घर पुरिएको छ । गएरातिदेखि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । 

घाइते हस्तबहादुरलाई उपचारको लागि सदरमुकाम कावासोती पठाइएको छ । बेपत्ताको खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिइन । बेपत्ताको खोजीका लागि उद्धारको लागि १२ जना प्रहरी खटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्