०५ साउन २०८३, मंगलबार

प्रख्यात मन्दिरका पुजारीको उपस्थितिमा निधिले गरे सम्पर्क कार्यालयको उद्घाटन

प्रख्यात मन्दिरका पुजारीको उपस्थितिमा निधिले गरे सम्पर्क कार्यालयको उद्घाटन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्दै सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । 

देशका विभिन्न प्रख्यात मन्दिरका पुजारीको उपस्थितिमा निधिले काठमाडौंको नयाँ बानेश्वरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । 

शुक्रवार बिहान ९ बजेको साइतमा निधिले सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । ‘सभापतिको उम्मेदवारी दिनका लागि सनातन धर्मअनुसार पूजापाठ गरेर बिहान ९ बजेको समयमा पण्डित नरेन्द्र दाहालबाट पूजापाठ गराएर कार्यालय उद्घाटन गरिएको छ,’ सम्पर्क कार्यालय उद्घाटन गरेपछि निधिले भने, ‘उद्घाटन कार्यक्रममा जानकी मन्दिरको महन्थ तपेश्वर दास आउनु भएको थियो । शुभारम्भ कार्यक्रममा आएर आशीर्वाद दिएर जानुभएको छ ।’ 

दक्षिणकाली मन्दिरको पुजारी, सूर्य विनायक, गृह्यश्वरीको पूजारी र पशुपतिनाथको भट्टको तर्फबाट भण्डारी आएर आसिक वचन दिएर गएको निधिले कार्यक्रममा जानकारी गराए । पञ्चायक निर्णायक समितिका कृष्ण अधिकारी, ज्योतिषी डा. सन्तोष वशिष्ठजीलगायत धार्मिक आध्यात्मिक व्यक्ति आएर पूजामा सहभागी भएको उनले जानकारी दिए । 

यसैगरी बौद्ध धर्मका लामाले २१ ताराको पूजा गरेर आफूलाई समर्थन गरेको निधिले बताए । मुस्लिम धर्मको मौलाना पनि आएको उनले बताए । निधिले १४ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न भएको बताए । 

‘कसैलाई अक्षम घोषणा गर्न वा रिटायर्ड गर्नको लागि सभापति बन्न खोजेको होइन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतालाई जोड्नका उम्मेदवारी दिन लागेको हुँ,’ निधिले भने, ‘आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प साथ उम्मेदवारी दिन लागेको हुँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्