२५ जेठ २०८३, सोमबार

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किएका बाबुछोराको बाढीले बगाएर मृत्यु

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किएका बाबुछोराको बाढीले बगाएर मृत्यु
डुबानमा परेको परासी बजार ।

अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पश्चिम नवलपरासी दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । 

मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरीयाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदीप छन् । सुनवल नगरपालिका-४ की एलिसा तामाङ बेपत्ता भएकी छन् । 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक राजु लामाले घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । 

उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । 

तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको अनुमान प्रहरीको छ ।  

रातिदेखिको भीषण वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ । परासी सबै बजार जलमग्न भएको छ ।

धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानी ‘ओभर फ्लो’ हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्