०५ असार २०८३, शुक्रबार

मस्कोबाट ढाका गइरहेको विमानका चालकलाई हृदयघात, नागपुरमा आकस्मिक अवतरण

भदौ ११, २०७८
मस्कोबाट ढाका गइरहेको विमानका चालकलाई हृदयघात, नागपुरमा आकस्मिक अवतरण

रुसको राजधानी मस्कोबाट बंगलादेशको राजधानी ढाका गइरहेको एक यात्रुवाहक विमानका चालकलाई उडानकै क्रममा हृदयघात भएपछि भारतको नागपुरमा आकस्मिक अवतरण गर्नुपरेको छ । 

रायपुरमाथि उडिरहेको बेलामा विमानचालकलाई अप्ठ्यारो अनुभव भयो र हृदयघात हुन पुग्यो । कोपाइलटले तत्कालै कोलकाता एटीसीलाई सम्पर्क गरे अनि पाइलटको स्वास्थ्य बिग्रिएको जानकारी दिए । त्यसपछि विमानलाई नागपुर विमानस्थलमा अवतरण गर्ने निर्देशन दिइयो । 

कोपाइलटले विमानलाई नागपुर विमानस्थलमा सुरक्षित अवतरण गरे । विमानका सबै यात्रु सुरक्षित छन् । विमानमा १२६ यात्री थिए ।

अवतरणपछि पाइलटलाई अस्पताल लगिएको छ । 

कोपाइलट र एटीसीको सुझबुझका कारण विमान सुरक्षित अवतरण गर्न सक्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्