०१ साउन २०८३, शुक्रबार

कोरोना अपडेट : थपिए २०६५ नयाँ संक्रमित, २५ जनाको मृत्यु

कोरोना अपडेट : थपिए २०६५ नयाँ संक्रमित, २५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ११७ नमूना परीक्षणमध्ये एक हजार ५७७ पीसीआर र ४८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ३८ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६६३ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८ हजार २३० पुगेको छ । 

हाल मुलुकभर ३७ हजार ५९९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्