२८ जेठ २०८३, बिहीबार

दुई सचिवको पदस्थापन, अर्का एकको सरुवा

दुई सचिवको पदस्थापन, अर्का एकको सरुवा


मन्त्रिपरिषद्को बैठकले दुई सचिवको पदस्थापन गरेको छ । सचिवद्वय भरतमणि सुवेदी र कृष्णहरी पुष्करलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट पदस्थापन गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेकोमा अहिले प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरिएको हो ।

यस्तै  प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्त समूहमा रहेका कृष्णहरि पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको एक मन्त्रीले जानकारी दिए । उनी केही अघि सचिवमा बढुवा भएका थिए ।

यस्तै अर्का सचिव गणेश पाण्डेको सरुवा भएको ती मन्त्रीले जानकारी दिए । कर्णाली प्रदेशका प्रमुख सचिव पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्