०३ असार २०८३, बुधबार

जिल्ला अदालत भक्तपुरका न्यायाधीश बास्तोला सर्वोत्कृष्ट

जिल्ला अदालत भक्तपुरका न्यायाधीश बास्तोला सर्वोत्कृष्ट

जिल्ला अदालत भक्तपुरका न्यायाधीश गोपाल प्रसाद बास्तोला सर्वोकृष्ट बन्न सफल भएका छन् । देशभरका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछ्यौट गरी उनी सर्वोत्कृष्ट न्यायाधीश बन्न सफल भएका हुन् ।

 बास्तोलाले आर्थिक वर्ष २०७७–७८ मा भक्तपुरमा मात्र ५११ थान मुद्दा फछ्यौट गरेका छन् । उनले सोही वर्ष कञ्चनपुर जिल्ला अदालतमा रहेर पनि १०३ मुद्दा फछ्यौट गरेका थिए ।

 जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल प्रसाद पराजुललीका अनुसार बास्तोलाले एक वर्षमा भक्तपुरमा ५११ र कञ्चनपुरमा १०३ गरी ६१४ मुद्दा फछ्यौट गरेका हुन् । भक्तपुर जिल्ला अदालतमा २४३ थान मुद्दालाई एकै दिन फैसला गरिएको समेत उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्