२१ असार २०८३, आइतबार

डुबानमा परेका १०४ को उद्धार

भदौ ११, २०७८
डुबानमा परेका १०४ को उद्धार

दोदा नदीको बाढीबाट डुबानमा परेका कञ्चनपुरको पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

    सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सिमरी गाउँ पुरै डुबानमा परेको हो ।

    बाढीको पानी गाउँमा पसेपछि स्थानीय किसानले लगाएको धान, उखु, मकैलगायतको बालीमा समेत नोक्सानी पु¥याएको छ । बाढीको पानीकै कारण आज दिनभर हुलाकी राजमार्गको आवागमनसमेत प्रभावित भएको थियो । बाढीका कारण घर डुबानमा परेकाको तत्काल उद्धार गरिएको र तिनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइसकेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्