०३ असार २०८३, बुधबार

दुर्गा मन्दिर नजिकै बेवारिसे शव फेला

भदौ १२, २०७८
दुर्गा मन्दिर नजिकै बेवारिसे शव फेला
प्रतिकात्मक तस्वीर

तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै १ बेवारिसे शव फेला परेको छ ।

व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक शनिवार पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ ।

‘मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्