२१ जेठ २०८३, बिहीबार

विवाह मण्डपमै गुटखा चपाउने दुलाहामाथि दुलहीको कडा ‘एक्सन’ [भिडियो]

भदौ १२, २०७८
विवाह मण्डपमै गुटखा चपाउने दुलाहामाथि दुलहीको कडा ‘एक्सन’ [भिडियो]
प्रतिकात्मक तस्वीर

धेरै व्यक्तिमा गुटखा खाने अमल हुन्छ । तर विवाह मण्डपमै दुलाहाले गुटखा चपाएको अनुमान कसैले लगाउँदैनन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा भने दुलाहाले मण्डपमै गुटखा चपाएको देखिन्छ ।

दुलाहाले मण्डपमै गुटखा चपाएपछि दुलही कडा ‘एक्सन’मा उत्रिएको भिडियोमा देखिन्छ । दुलहीले आसपासका मान्छेलाई पनि झपारेकी छन् ।

दुलहीले गुटखा थुक्नुस् भनेर कराएपछि दुलाहा खुरुखुरु गएर गुटखा फालेर आएका छन् । दुलहीले मण्डपमै दुलाहामाथि हात समेत उठाइन् । यो भाइरल भिडियो कहाँको र कसको हो भन्ने खुलिसकेको छैन ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्