१९ असार २०८३, शुक्रबार

बुटवल पुगेर सुरेन्द्र पाण्डेले भने- पार्टी छाडेर जानेलाई फर्काउने प्रयत्न भइरहेको छ

बुटवल पुगेर सुरेन्द्र पाण्डेले भने- पार्टी छाडेर जानेलाई फर्काउने प्रयत्न भइरहेको छ

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी छोडेर गएकाहरूलाई फर्काउने प्रयत्न जारी रहने बताएका छन् । शनिवार बुटवलमा स्टडी सर्कल लुम्बिनीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पाण्डेले अब पार्टी एक ढिक्का भएर अगाडि बढ्ने र विभिन्न ढंगले पार्टी छोडेर बाहिरिएका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा फर्काउने प्रयत्न रहने बताएका हुन् ।  

एमाले विभाजन भएर ठूलो समूहलाई अलग्याउन खाजेको समूह सफल नभएपछि आफूसहितका केही नेताहरूमाथि अनावश्यक आरोप लगाउन थालेको पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेको भनाइ छ । 

नेता पाण्डेले माओवादीका अध्यक्ष प्रचण्ड एमाले विभाजनका लागि निकै मेहनतका साथ लागेको र अहिले पनि विभिन्न योजनाहरू बनाएर एमालेमा रहेका नेताहरु माधव नेपाल समूहमा तान्ने प्रयास भइरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्