
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति भएपनि सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुने बताएका छन् ।
नेकपा एमालेबाट विभाजित भई आफ्नै नेतृत्वमा नेकपा एकिकृत समाजवादी बनाएका माधव कुमार नेपालको भनाइप्रति जवाफ दिँदै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् ।
शनिवार एक कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ पार्टी गठनका लागि एमालेका दोस्रो तहका नेताहरूले आफूलाई अगाडि घचेटेको तर पछाडि फर्किएर हेर्दा कोही पनि नभएको बताएका थिए ।
उपाध्यक्ष रावलले नेपालको सोही भनाइप्रति जवाफ दिएका हुन् । उनले भनेका छन्,'कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।'
उनले मुख्य कुरा जिम्मेवारीबोध भएको समेत बताएका छन् ।
कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।
— Dr. Bhim Rawal (@BhimRawal179) August 29, 2021