१० साउन २०८३, आइतबार

एकीकृत समाजवादीको संसदीय दलको बैठक– माधव नेपाल दलको नेता बन्ने

एकीकृत समाजवादीको संसदीय दलको बैठक– माधव नेपाल दलको नेता बन्ने

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको पहिलो बैठक आज बस्न लागेको छ ।

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दलले आजको बैठकबाट संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको उक्त पार्टीका सांसद मेटमणि चौधरीले बताए ।

नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बैठक बोलाइएको उनले जानकारी दिए ।

सांसद विरोध खतिवडाका अनुसार राष्ट्रिय सभा तथा प्रतिनिधि सभा दुवैतरि दलको नेता र पदाधिकारी चयन गर्ने तयारी छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका २९ जना सांसदले निर्वाचन आयोग पुगेर उक्त दलको पक्षमा सनाखत गरेका थिए । 

उक्त दलको संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई चयन गर्ने आन्तरिक तयारी छ । 

‘पार्टी अध्यक्ष नै संसदीय दलको नेता बन्नुहुन्छ’, सांसद चौधरीले भने । 

आजको बैठकमा सरकारमा सहभागिताको बारेमा पनि छलफल हुने बताइएको छ । 

मन्त्रिपरिषद विस्तारको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुने बताइसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्