२२ असार २०८३, सोमबार

प्रदेश १ का ८ जिल्लामा बनाइएको समानान्तर कमिटीलाई नेकपा (एस)मा रुपान्तरण गरिने

प्रदेश १ का ८ जिल्लामा बनाइएको समानान्तर कमिटीलाई नेकपा (एस)मा रुपान्तरण गरिने

नेकपा एमालेमा हुँदा माधव नेपाल पक्षले बनाएका समानान्तर कमिटीहरू अब नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण गरिने भएको छ । 

दुई जिल्लासहित महानगर कमिटी समाजवादीका रुपान्तरण गरिसकिएको छ । 

एमालेमा हुँदा समानान्तर गतिविधि गरिरहेका झापा, मोरङ र विराटनगर महानगर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण गरिएको हो । 

मोरङमा चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । 

नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा भएको बेला मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो ।  

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मीका अनुसार प्रदेश १ मा ८ जिल्लामा समानान्तर कमिटी बनेका थिए । 

भोजपुर, इलाम, पाँचथर झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा समानान्तर कमिटी भएको र तिनै कमिटीलाई समाजवादीमा रुपान्तरण गरिने उनले बताए । 

माधव नेपाल पक्षका नेताहरूको नेतृत्व रहेको जिल्लामा भने समानान्तर कमिटी बनेका थिएनन् । ६ जिल्लामा माधव नेपाल पक्षका नेताहरूको वर्चश्व थियो । तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, उदयपुर, खोटाङ र सुनसरीमा भने कमिटी बनेका थिएनन् । 

माधव नेपाल पक्षका जिल्ला अध्यक्षसमेत रहेका दुई प्रदेश सांसदहरू मन्त्री नै बनिसकेका छन् । 

तेह्रथुमका अध्यक्ष लछुमन तिवारी र ताप्लेजुङका अध्यक्ष बलबहादुर सामसुहाङ एमालेमै रहेपछि मन्त्री बनेका हुन् । 

तिवारी उद्योग वन पर्यटन मन्त्री बनेका छन् भने सामसुहाङ सामाजिक विकास मन्त्री बनेका छन् । 

अहिलेसम्म पनि केही जिल्लाका जिल्ला अध्यक्षहरू खुलिनसकेको एमाले प्रदेश १ का सचिव विनोद ढकालले बताए । 

वडा तहसम्म बनाइएका कमिटीहरूलाई रुपान्तरण गरिने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्