२२ असार २०८३, सोमबार

पहिरोले होटेल पुर्दा एक जनाको मृत्यु, तीन घाइते

पहिरोले होटेल पुर्दा एक जनाको मृत्यु, तीन घाइते

रामदीमा पहिरो खसेर होटल पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

आइतबार दिउँसो साढे ४ बजेतिर सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–स्याङ्जाको संगमस्थल रामदीको पुल नजिकै माथिबाट पहिरो खसेको थियो । पुरिएको अवस्थामा उद्धार गरिएका चार जना मध्ये वालिङकी ४५ वर्षीया धनमाया मगरको मृत्यु भएको गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले जानकारी दिए । वालिङ नगरपालिका वडा १ अन्तर्गत पर्ने सो ठाउँको मनपुवा डाँडा नै खसेर होटल सहित ३ घर पुरेको छ।

सडकमा पहिरो खसेका कारण अहिले सिद्धार्थ राजमार्गको सो सडकखण्ड अवरुद्ध छ । घाइतेलाई उद्धार गरी पाल्पा सदरमुकाम मिसन अस्पताल लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्