१२ असार २०८३, शुक्रबार

छोराको हत्या गरी जेल गएकी आमाले जेलमा छोरै जन्माइन्

भदौ १३, २०७८
छोराको हत्या गरी जेल गएकी आमाले जेलमा छोरै जन्माइन्

महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।

जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्