३० जेठ २०८३, शनिबार

नेपाली र बंगलादेशी श्रमिक सबैभन्दा बढी शोषित

भदौ १४, २०७८
नेपाली र बंगलादेशी श्रमिक सबैभन्दा बढी शोषित

एमनेस्टी इन्टरनेसनलले   कतारमा   कार्यरत आप्रवासी   श्रमिकमा   नेपाली   तथा बङ्गलादेशी  श्रमिक  सबैभन्दा  बढी शोषित भएको जनाएको छ।
एमनेस्टीले   हालै   सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा रोजगारीमा   रहँदा   मृत्यु   भएका श्रमिकको  मृत्युको  कारण  लुकाउने गरिएको   र   कतारी   अधिकारीले राम्रोसँग छानबिन नगरेको उल्लेख छ। प्रतिवेदनमा    निर्माण    क्षेत्रमा काम गर्ने चार जना, सुरक्षागार्ड एक जना  र  ट्रकचालक  एक  जना  गरी छ  जना  नेपाल  र  बङ्गलादेशका आप्रवासी श्रमिकको मृत्युको विषयमा विस्तृत  अनुसन्धान  गरिएको  छ। कतार  जानुपूर्व  यी  सबैले  आवश्यक सम्पूर्ण  स्वास्थ्य  परीक्षण  गरेको  र उनीहरूमध्ये  कसैलाई  भित्री  स्वास्थ्य समस्या     नभएको     एमनेस्टीको प्रतिवेदनमा   उल्लेख   छ।   

साथै मृत्युपछि परिवारका सदस्यले क्षतिपूर्ति पनि पाउन नसकेको जनाइएको छ। कतारले  सन्  २०२२  को  फिफा विश्वकप  आयोजना  गर्ने  जिम्मेवारी २०१०  मा  पाएसँगै  कतारले  आफ्नो श्रम  कानुनमा  थुप्रै  सुधार  गरेको छ   तर   कमजोर   कार्यान्वयनका कारण  श्रम  सुधारसम्बन्धी  ती  कानुन व्यवहारमा  पूर्ण  रूपमा  लागू  हुन नसकेको  पूर्वश्रम  सचिव  पूर्णचन्द्र भट्टराईले बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्