२१ जेठ २०८३, बिहीबार

जवानीमा अपराध, बुढेसकालमा जेल

भदौ १४, २०७८
जवानीमा अपराध, बुढेसकालमा जेल

 २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो। जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो। २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्‍यो। अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे। त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो। ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे। ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन्।

चाउरिएको अनुहार, खोपिल्टा परिसकेका गाला, गाडिएका आँखा र अधिकांश दाँत झरिसकेका चौधरीलाई सुताउन र उठाउनसमेत सहारा चाहिन्छ। तत्कालीन विराटनगर–४ (हाल विराटनगर महानगरपालिका) का धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो। धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो। धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो। अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनाएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्