२५ जेठ २०८३, सोमबार

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता साझेदार प्रमुख चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरू भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेदेखि जारी बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका नेताहरू सहभागी छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई सहभागी छन् । सत्तागठबन्धका नेताहरूबीच यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । 

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएर ४ जना मन्त्री नियुक्त गरे पनि देउवाले डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

सत्तारुढ दलले सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्