×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले थाल्यो आणविक गतिविधि, के हो उद्देश्य ?

भदौ १४, २०७८

NTC
Premier Steels

उत्तर कोरियाले यंगब्यन आणविक भट्टी पुनः शुरू गरेको संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Muktinath Bank

यस भट्टीमा आणविक हतियारका लागि प्लुटोनियम तयार पारिएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई सन् २००९ मा उत्तर कोरियाले देशनिकाला गरेको थियो । उसका आकलनहरू भूउपग्रहीय तस्वीरमा मात्र आधारित छन् । 


Advertisment
Nabil box
Kumari

एजेन्सीको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार, जुलाई महिनाको आरम्भदेखि आणविक भट्टीमा लगातार भइरहेको गतिविधिका कारण त्यो फेरि शुरू गरिएको संकेत पाइएको हो । 

Vianet communication

जुलाई महिनादेखि कूलिङ वाटर निस्किरहेकोले त्यो सञ्चालनमा रहेको एजेन्सीको कथन छ । 

यंगब्यन ५ मेगावाट रियाक्टर भएको आणविक भट्टी हो र त्यसलाई उत्तर कोरियाको आणविक कार्यक्रमको केन्द्र मानिन्छ । 

सन् २०१८ को डिसेम्बर महिनापछि रियाक्टरमा यस्तो गतिविधि गरिएको यो पहिलो संकेत हो । 

यंगब्यनमा विशेषज्ञहरूले लामो समयदेखि निगरानी गर्दै आएका छन् । उत्तर कोरियाले कतिवटा हतियार बनाउन सक्छ भनी पत्ता लगाउन यस्तो निगरानी गरिएको हो । 

भट्टीमा भइरहेको ताजा गतिविधिले आणविक हतियारमा उपयोग गरिने प्लुटोनियम निकालिएको संकेत दिएको चेतावनी आईएईएले दिएको छ । 

अमेरिकासँगको वार्ता दिशाहीन भएपछि गत जनवरी महिनामा किम जोङ उनले आणविक हतियार पुनः विकसित गर्ने बताएका थिए । आफ्ना वैज्ञानिकहरूले सानो आकारका तथा सामरिक हतियार र अत्यधिक विशाल हाइड्रोजन बम बनाउने उनले बताएका थिए । 

उत्तर कोरियाको नयाँ गतिविधि अमेरिकाका राष्ट्रपति जो बाइडनका लागि नयाँ टाउकोदुखाइ साबित हुन सक्छ । बाइडनले उत्तरसँग वार्ता गर्ने बताएका छन् तर उनका नीतिहरूमा उत्तर कोरिया प्राथमिकतामा परेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x