२२ जेठ २०८३, शुक्रबार

केही दिनमै बागमती र प्रदेश १ मा नयाँ सरकार बन्छ : प्रचण्ड

केही दिनमै बागमती र प्रदेश १ मा नयाँ सरकार बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै बागमती र प्रदेश १ मा नयाँ सरकार बन्ने बताएका छन् । 

सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको जोरपाटीस्थित नयाँ वस्तीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चाँडै दुवै प्रदेशको सरकार फेर्ने बताएका हुन् । 

बागमती प्रदेशमा भदौ २ गते एमालेले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो भने भदौ ९ गते प्रदेश १ को मुख्यमन्त्रीको जिम्मेवारी भीम आचार्यले सम्हालेका थिए ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि दुवै प्रदेशको सरकार संकटमा परेको छ । 

केन्द्र सरकारमा गठबन्धनमार्फत् सरकार बनाएको पाँच दलीय गठबन्धनले बागमती र प्रदेश १ मा एमालेको सरकार ढालेर नयाँ बनाउने तयारी गरेका छन् । 

एमालेतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘मैले संसद्मा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न भनेको थिएँ । उनीहरू संघमा मात्रै सत्ताबाट पछारिएका होइनन् । अब केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा उनीहरूको सरकार ढल्दैछ ।’ 

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्त्वहरू पछारिएको तर उनीहरूले षड्यन्त्रको प्रयास नछाडेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्