२८ जेठ २०८३, बिहीबार

अहंकारी गुटले नेतृत्व कब्जा गरेपछि पार्टी पुनर्गठन बाध्यता भयो– झलनाथ खनाल

अहंकारी गुटले नेतृत्व कब्जा गरेपछि पार्टी पुनर्गठन बाध्यता भयो– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनालले अहंकारी व्यक्तिको कब्जामा नेतृत्व गएका कारण पार्टी पुनर्गठन गर्नुपर्ने बाध्यता आइलागेको बताएका छन् ।

उनले केपी ओलीले नेतृत्व गरेको पार्टी दक्षिणपन्थी अवसर वाद, गुट अहंकार र व्यक्ति वादको प्रतीक बनेको आरोप लगाए । 

झण्डै २ महिना लामो उपचार पछि सोमवार स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले अग्रगतिका लागि पार्टीमा विद्रोह भएको बताए ।

‘केपी ओलीको पार्टी दक्षिणपन्थी अवसर वाद, गुट, अहंकार र व्यक्ति वादको प्रतीक बनेको छ । विद्रोह विनाश होइन, अग्रगति पनि हो,’ खनालले भने, ‘विद्रोह हेर्दा थोरै मान्छेको हो कि जस्तो लाग्छ, शुरूमा एकबाट सय हुन्छ, हजारौ हुन्छ ।’ 

खनालले आफूहरूकै रगत पसिनाले एमाले बनाइएको भएपनि अहंकारी गुटले नेतृत्व कब्जा गरेको आरोप लगाए ।

‘नेकपा एमाले हामीले बनाएको पार्टी हो । पछिल्लो अवस्थामा अहंकारी गुटले नेतृत्व कब्जा गर्यो । पार्टीमा चिरा पर्दै गयो, यसले गर्दा पार्टीलाई फेरि पुनर्गठन गर्नुपर्ने अवस्था आयो,’ खनालले भने । 

खनालले आफ्नो बाँकी जीवन सच्चा माक्सवादी पार्टी निर्माणमा समर्पित गर्ने बताए । ‘यो नाफाको जीवन हो, स्वास रहुञ्जेल राष्ट्र, राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारको लागि लागि पर्नेछु । माक्सवादी लेनिनवादीको पार्टी निर्माणको काममा समय खर्चिने छु। ७० वर्ष पुगेको हुनाले कार्यकारी पोष्टको दावी गरेको गर्दिन’ खनालले भने, ‘पार्टीले के गर भन्छ त्यसको लागि ठाउँ राखेको छु । कार्यकारी माग गर्ने नैतिक अधिकार छैन । नवौँ महाधिवेशनमा ७० वर्षको उमेर राख्ने नेता म हुँ, त्यसमा दृढतापूर्वक उभिने नेता हु ।’

खनालको स्वागतका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु विमानस्थल पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्